Monday 28 May 2012

नेपाल का नेता हरु लाई खुल्ला पत्र


some of my readers requested a नेपाली translation of my article published in Nepalnews.com. Here you go with some minor changes.

नेपाल का नेता हरु लाई  खुल्ला पत्र
- राज महर्जन

प्रिय राजनैतिक पार्टी तथा विभिन्न जात जाति का नेता जी हरु,

संबिधान सभा को हवागति तथा जात जातीय सहिस्रुता खल्बलाउन यहाँ हरु ले पुर्याउनु भएको योगदान को कदर गर्दै यहाँहरु लाई यो खुल्ला पत्र लेख्ने जमर्को गरेको छु।

संबिधान सभा को म्याद सकिने दिनमा देश संबिधान को प्रसव पिडा मा जल्दै गरेको परिस्थिति सुधार्न मेरो पत्र ले केहि पनि सकारात्मक भूमिका खेल्ने छैन भन्ने थाहा हुदा हुदै र यहाँहरुको उत्तरदाइत्व सम्झाउने यो गलत समय भन्ने थाहा हुदै हुदै यो पत्र कोर्दै छु।

देशको हालको राजनैतिक अवास्था बर्तमान तथा इतिहास का देश भित्र र बाहिर का विभिन्न शक्ति हरुको परिणाम हो। नेताहरु मात्र यस स्थितिका लागि जिम्मेबार हुनुहुन्छ भन्नु गलत हुने छ। यसका लागि हामि जनता सहित सबैले उत्तरदाईत्व बोध गर्ने पर्छ। तर राजनैतिक दुरावस्था का लागि यदि कोहि दोषी छन् भने निरबिबाद तिनी चाही तपाई नेता हरु नै हुनुहुन्छ।

कृपया यो पत्रलाई यहाँहरुको कमजोरी, नालायकीपन र अनुत्तरदाइत्वको संकलन मात्र नठानीदिनु होला। पत्र मा उल्लेख गरिएका कुनै पनि यहाँहरुका चरित्र नयाँ अथवा बनि बनाबटी का होइनन्। यी त केवल अबलोकन तथा इतिहास मा आधारित छन्।

देश, आफ्नो राजनीति तथा पार्टी लाई सदाका लागि बिलिन हुन बाट जोगाउन चहनु हुन्छ भने यो पत्रमा उल्लेख गरिएका दस बुदें सुझावलाई कृपया गहिरिएर मनन् गरिदिनु होला। आफु र आफ्नो पार्टी खाल्डो मा पर्न लागेको यहाँहरु लाई चेतना छ कि छैन? यहाँहरु को जहाज दुर्घटना मा पर्न लागेको थाहा छ कि छैन? दुर्घटनाको समय, स्थान र बिधि तय नभई सके पनि एसको पृष्ठभूमि भने निकै अगाडी देखी नै बन्न सुरु भै सकेको हो। यहाँहरुको पाप अहिले सम्म धुरी बाट किन कराई सकेको छैन आश्चर्य  नै मान्न पर्छ। आफुलाई आफ्नो र पार्टी को भबिस्य रुपी जहाजको कप्तान ठान्नु हुन्छ भने आउने केहि दिन तथा हप्ता जहाजलाई सहि दिशामा लैजान यहाँहरुको लागि अन्तिम मौका साबित हुन सक्छ।

यहाँहरु लाई मेरो १० बुंदे सुझाब निन्म छन्।

१. जनमतको सम्मान गर्नुस्
यहाँहरुको राजनीति जनमत देखि धेरै नै भिन्न र टाढा भयो। यहाँहरु जनप्रतिनिधि हुनु हुन्छ, जनताको मत को प्रतिनिधित्व गर्नु हुन्छ। जनमत बिना यहाँहरु अरु जस्तै सामान्य जनतामा गनिनु हुन्छ। जनताको मत बाट नै यहाँहरु लाई जनप्रतिनिधिको अधिकार प्राप्त भएको हो। तसर्थ जनमत लाई नबिर्सिने मात्र होइन तिनलाई सम्मान गर्न तथा तिन माथि उत्तरदाई  बन्न सिक्नुहोस। संबिधान सभा मा जनताले यहाँ हरु लाई संबिधान जारी गर्न को लागि चुनेका हुन्। यहाँहरुलेत नौटंकी तथा सत्ताको लागि हानथापमै सम्पूर्ण समय खेर फाल्नु पो भयो।

२. अन्धो र बहिरो को नाटक नगर्नुहोस्
जनमत को बिषय मा यहाँहरु अन्धो र बहिरो जस्तो देखिनु भएको छ। नेपाली हरु विभाजित राष्ट्र चाहदैनन्। उनीहरु सिंगो नेपाल चाहन्छन जहाँ भय रहित जीवन जिउन र परिवार पालना सकियोस्। जातीयत का आधार मा संघियता को कुरा गर्नु दुर्घटनाको खिचडी पकाउनु सरह हो। यो सामाजिक सहिस्नुता खलबल गर्ने कुरा यहाँहरु किन गर्दै हुनु हुन्छ?

३. काम गर्न सक्नु हुन्न भने गर्न सक्ने लाई दिनु होस्
हाल सम्म पनि शेर बहादुर देउबा नेपाली कांग्रेस का युवा नेता भन्नु हास्यास्पद नै हो। शिर्ष नेता भनौदा यहाँहरुको date expire भै सक्यो; यहाँहरु बासि र थकित देखिनु तथा सुनिनु हुन्छ। तेसैले होला यहाँ हरुले निक्कै नै अबिबेक्पुर्ण गल्तिहरु गरि सक्नु भयो र गरि रहनु हुदै छ। यहाँहरुको आफ्नै पार्टी भित्र आफु भन्दा निकै सक्षम व्यक्तित्वहरु उदयमान भै सक्नु भयो। ज्वलन्त उदाहरण हुन् नेपाली काँग्रेस का गगन थापा। थापा एक व्यक्ति भन्दा पनि विचार का रुप मा यहाँ उल्लेख गर्न खोजिएको हो। उनि त्यो पुस्ताका प्रतिनिधि हुन् जसले भिन्न, नौलो तथा गौरबमय विचार र तर्क प्रस्तुत गर्छन। यहाँहरु भन्दा त केहि अब्बल स्कुले केटा हरु को पो विचार, ब्यबहार र तर्कशक्ति उत्तम देखिन्छन्। नया नेतृत्व लाई नासो हस्तान्तरण गर्ने समय भै सकेको छ अब। यहाँहरु पटक पटक विफल भै सक्नु भयो, दुवै आफ्नो राजनीति र देस को मामिला मा।

४. जनता लाई रैती को रुप मा हेर्न बन्द गर्नु होस्
बोलि र काम गराई मा जनता लाई वास्ता नगर्ने परिपाटीको अन्त्य गर्नुस्। आफैलाई मुर्ख र हास्य को पात्र नबनाउनुस्। जनतामा  कति चेतना आइसक्यो र उनीहरु कति सुसिक्षित भैसके भन्ने कुरा देखि यहाँहरु निक्कै नै पर देखिनु हुन्छ। चुप लगेर शान्त बस्नु भनेको यहाँहरुको नालायकीपन लाई स्वीकार गर्नु हो भनि नठान्नुस्। गत बुधबार को राजधानी मा शान्ति र सहिस्नुता का लागि जम्मा भएकाहरु लाई देखेर कुरा बुझ्नु भयो होला नि।

५. पहिले आफुलाई नियल्नुस्
आफ्नै पार्टी भित्र, अरु पार्टी र बिदेसी मित्र हरु लाई गाली गर्नु पूर्व एक पल्ट आफैलाई राम्ररी ऐना मा नियल्नुस्। यहाँहरुको अन्तरिक र पार्टीगत झैँ-झगडा देख्दा अंग्रेज राज्य को बेला प्रयोग मा आएको "divide and rule" ब्युतिये जस्तो लाग्छ। अंग्रेज त्यो मन्त्र आफ्ना राज्य विस्तार गर्न प्रयोग गर्थे भने यहाँहरु चाही आ-आफ्नै बीच बिभाजनकरी उक्त मात्र हान-थाप गर्नु हुन्छ। राष्ट्रिय स्वार्थका लागि कहिले पनि एकता प्रदर्शन गर्न असक्षम यहाँहरु किन जहिले पनि बिदेसी शक्तिमा दोस थप्नु हुन्छ?

६. धमिलो पानिमा माछा मर्ने प्रवृति छोड्नुस्
 नौटंकी गर्न तुरुन्त बन्द गरि हाल्नुस्। जनमत र जनादेश को प्रमुख कार्य मा लाग्नुहोस्। अरुको आँखा मा धुलो छर्दै अदुरदर्शी र स्वार्थी मात्र निर्णय गर्न बन्द गर्नुस्। यत्तिको सत्ता लिप्सा किन भन्ने कुरा जनताले बुझेका छन्। सरकारी ढुकुटी को लागि नहुदो हो त प्रसासन चलाउने जिम्मेबारी बाट यहाँहरु कति कोश टाढा हुनु हुदो हो जनताले जानेका छन्। यहाँहरु बीच हालै का समय मा भएको भन्ने बुझिएको जातीयताका आधारमा नाम र सिमा नभएको प्रान्तहरूको संख्या को सहमति को आधार पनि आ-आफुमा रास्ट्रपति र प्रधानमत्री को पदीय लेन देन नै हो भन्ने हल्ला के साचो हो?

७. बोलि लाई लाई ब्यबहार मा पनि उतार्नुस्
यहाँहरुको बोलि र ब्यबहार मा यत्रो अन्तर किन? जहिलेपनि यत्ति सिधै झुटो कसरि र किन बोल्न हुन्छ? रात्री मा निद्र पनि कसरि आउछ होला? एक पल्ट त इमान्दार भएर हेर्नुस, अनि महसुस गर्नु हुने छ कत्ति आनन्दको हुन्छ त्यो बाटो भनेर।

८. एकता को प्रतिक बन्नुहोस न की बिभाजन को
अरु जात जति लाई खत्तम गर्छु भनि नेवार हरुको सभामा मल्ल के सुन्दर खुल्ला मन्चमा कड्किए जस्तै भड्किनु अगाडी एक पल्ट सोच्नुस् यदि त्यहि कुरा अरुले तपाई माथि गर्न खोजे कस्तो महसुस हुन्छ? जात जाति र धर्म का नाम मा गुजरात, बंगलादेश, अफगानिस्तान, भारत र पाकिस्तान मा बिगत मा के भयो र हाल सम्म पनि के हुदै छ भन्ने कुरा यहाँ लाई अवगत नै होला। यो जातीय साम्प्रदायकता खलबल हुने कुरा उठाउनु अगाडी यहांहरुले इतिहास जान्नु भएको हो? युरोप मा दितीय बिस्व युद्ध ताका साठी लाख यहुदीहरुको नाजीहरु द्वारा गरिएको बर्बर हत्या, रुवान्डा मा हुतु र तुत्सी बीच भएको झडपमा सय दिन भित्र भएको दस लाख को मृत्यु र बोस्निया मा सर्ब द्वारा आठ हजार मुसलमान हरु मारिएको त सुन्नु र बुझ्नु नै भएको होला।

९. सुसिक्षित हुनुहोस् र के गर्दै हुनु हुन्छ जान्नु होस्
गृहकार्य गर्ने बनि बसाल्नुस्। यो जातीयत का अधार मा हुने भनिएको संघियता को बारे यहाँहरु ले जनता लाई उति बुझाउने चासो गर्नु नभए जस्तो लग्यो। त्यस्तै यो जनता ले मतदान बाट चुन्ने रास्ट्रपति र सदन ले चुन्ने प्रधान मन्त्रि का बीच सत्ता बांडफांड कसरि सम्भब छ? संसार को कुन कुना मा यो सफलताका साथ लागु भएको छ? संघियता को उदाहरण मा यहाँ हरु स्विस मोडेल को कुरा गर्नु हुन्छ। स्विस मोडेल Switzerland मा सफलता का साथ प्रयोग मा आएको छ भन्दै मा त्यो नेपाल मा सम्भब होला र? यी दुइ देश बीच को फरक त यहाँ बताई रहन नपर्ला। सफा कुरा के हो भने यहाँहरु संग हाम्रो मौलिकता लाई सुहाउँदो व्यवस्था को बारे विचार गर्ने क्षमता नै छैन।

१०. यदि नेता हु भनेर गर्ब गर्नु हुन्छा भने, नेतृत्व गर्ने साहस गर्नुस्
उपहास होइन, उदाहरण बन्नुहोस्। जहिले पनि खाली आफु, स्वजन र आफ्ना भरौटे को मात्र हित मा नभई जनताको हित र जनमत को कदर गर्दै काम गर्नुस्। विभाजनकारी जातीयताको फोहोरी राजनीति गर्नुको साटो तपाईं सामु एकता र सहिस्नुताको प्रतिक बन्ने सुनौलो अवसर थियो। त्येसो गर्नु भएको भए अरु जन जातिलाई पनि फरक तरिकाले प्रस्तुत हुन प्रोत्साहन गर्ने थियो।   दुर्भाग्य, त्यो अवसर यहांहरुले देख्नै सक्नु भएन र गुमाउनु भयो। उक्त अवसर को बदला यहाँहरु जनता र देश टुक्र्याउने विभाजनकारी जातियता को गधा चढ्न पो तछाड मछाड गर्नु भयो। यहाँहरुलाई सायद थाहा नै भएन कि त्यो आफैले जन्माएको गधा ले एक दिन तपाइ आफैलाई नाराम्रोरी लात मार्ने छ। यहाँहरु अब एस्तो दलदल मा फस्नु भयो कि अब अगाडी केहि गरे पनि न गरे पनि तपाई बिस्तारै पाताल मा धसिदै जानु हुने छ।

मेरा नमागीकनै दिईएका सुझाब का कथा गाथा यत्ति नै। यहाँ लाई १० मा १० अंक प्राप्त गरि उतिर्ण हुन मेरो शुभकामना। लगातार मेरा ई माथि एल्लेख गरिए जस्तै सुझाब हरु नजरअन्दाज गर्दा गर्दै यहाँहरुले आफु र देशलाई जुन अवस्थामा पुर्याउनु भयो, त्यो देखेर मलाई तपाईहरु माथि दया जागेर आउछ। यहाँहरु आफै ले आफैलाई फर्कनै नसकिने तर्नै नसकिने अवस्थामा पुर्याउनु भयो। तर नेपाली जनता ले अझै माफ गर्न सक्छन्। सोधी हेर्नुस्। समय यहाँहरुको साथमा भए जस्तो लाग्दैन तै पनि प्रयास गरि हेरनुस्।

बिगत का सबै पाप पखाली बैकुण्ठ जाने अब यो अन्तिम अवसर हो। स्मरणीय रहोस् यहाँहरुको पाप महापाप नै हो। मैले यो पत्रमा यहाँ हरु आफैले मनन् गर्नु पर्ने र निक्कै अगाडी विचार गर्नु पर्ने कुरा हरु लेखि दिएको मात्रै हो। अब भबिस्यमा के गर्ने भन्ने यहाँहरुकै हातमा छ। जनता हेरी रहेका छन्। अगे यहाँहरुकै मर्जी।

अन्त्य मा एउटा सुझाब एस देसका जनता लाई पनि। हामि जनता हौँ, न कि रैती। नेता हरु बाट सहि आचरण र परिपाटीको माग गर्नुहोस् र त्येसो नगरेको खण्ड मा प्रस्न गर्नुहोस्। सहि तरिका ले सहि प्रस्न सोध्नु भयो भने मात्रै यहाँहरुलाई सहि जवाफ मिल्ने छ।

भवदीय,

(लेखकले यो लेख नेपाली युनिकोड प्रयोग गरि लेखेको हुनाले ब्याकरण सच्याएर पढिदिनु होला। लेखक राजनीति कर्मी होइनन् सर्बसाधारण हुन्, सहरी विकास को बिषय मा काम गर्छन्। उनि नेपाली भनि चिनिन रुचाउछन्।)

1 comment:

  1. उत्कृस्ट विचार को लागि राज जी लाइ धन्यबाद | दुख को कुरा समाज र देश लाइ बुझेका तपाई जस्ता व्यक्ति हरु देश बाट बाहिर हुनुहुन्छ र सत्ता अनि स्वार्थ का लागि लड्ने हरु को हात मा देश छ | हुन त तपाई ले उल्लेख गर्नु भएको कुरा हाम्रा नेता हरु ले नबुझेका हैनन् तर देश जति जर्जर भो तेती यिनी हरु को राजनीति खेति सप्रेने भएको ले देश लाइ सधैं खाल्डो मा जाकना खोज्छन हाम्रा कथित् नेता हरु ..

    ReplyDelete