Saturday 1 July 2017

एन आर एन ए न्यु जील्याण्ड (NRNA NZ) लाई न्यु जील्याण्ड मा प्रवासमा रहनु भएका सबै नेपालीको साझा संस्था बनाउने अभियानमा सहयोग र सहकार्य गर्न जारी अपिल

१ जुलाई २०१७, अकल्याण्ड, न्यु जील्याण्ड

NRNA NZ को अब बन्ने कार्य समिति (NCC) ले आफ्नो कार्य कालमा कार्यान्वयनमा ल्याउन सक्ने र उठान गर्न पर्ने मुद्दाहरु बारे विगत बाट सिक्दै संस्थाले आगामी दिनमा अझै प्रभावकारी भूमिका कसरी निभाउन सक्छ भन्ने सकारात्मक सोचका साथ NRNA NZ अघि बढ्नु पर्छ भन्ने मेरो मान्यता हो।

निकट भविष्यमा आसन्न चुनावमा NRNA NZ को कार्यकारी समितिको अधक्ष्य (President of the NRNA NZ) को पदका लागी मैले उम्मेदवारी दिन लागेको सबै न्यु जील्याण्ड बासी नेपाली दिदी बहिनी दाजु भाई मा बिनम्र जानकारी गराउन चाहन्छु।

मेरो उम्मेदवारी को प्रमुख लक्ष दुई वर्षको कार्य काल भित्र न्यु जील्याण्ड मा बस्ने सबै उमेर, लिंग, समूह, आस्था, विचार र  इमिग्रेसन स्टेटस का समस्त नेपालीले NRNA NZ लाई "हामी सबैको आफ्नै संस्था हो" भनेर माया गर्ने र सबै प्रवासी नेपाली NRNA NZ को छाता मुनि अटाउन सक्ने गरिमामय अवस्था सम्म पुर्याउनु रहने छ।

मेरो NCC टिम ले अग्रज, समकालीन र नयाँ सबै साथीहरु लाई संस्था भित्र समेट्ने  र अटाउने वातावरण तयार पार्ने कुरामा विश्वस्त गराउन चाहन्छु। मेरो यस उदेश्य प्राप्तिका लागी न्यु जिल्याण्ड निवासी सबै नेपाली र NRNA NZ का सम्पुर्ण सदश्य साथीहरुको सहयोग र सहकार्य पाउने आशा गरेको छु।

NRNA NZ लाई स्थापना देखि हाल सम्मको गरिमा मय उचाइ दिलाउन विगतका यत्तिका वर्ष अनवरत रुपले NRN को मर्म र NRNA NZ संस्थाको हित तथा सदश्य हरुका हक हित का लागी गरि आउनु भएको त्याग तपस्याका लागि हार्दिक नमन गर्दै मेरो उम्मेदवारी सफल भएको अवस्थामा यहाँ हरुको अनवरत माया, मार्ग दर्शन र सुझाव सल्लाह निरन्तर पाई रहने आशा गरेको छु।

आसन्न चुनावमा सहभागी हुन र म लगायत अरु "मनले खाएका" उम्मेदवार हरुलाई मत दिई दुई वर्ष का लागि केहि गरेर देखाउने र भिन्न प्रक्रिया बाट संस्था अगाडी बढाउने मौका प्रदान गरिदिनु हुन समस्त NRNA NZ का सदश्य तथा मतदाता दिदी बहिनी दाजु भाई हरु लाई हार्दिक अनुरोध गर्दछु।

हाल सम्म सदस्यता लिई सक्नु नभएका अग्रज, समकालीन मित्रहरु र नया आउनु भएका साथीहरु लाई आजै NRNA NZ को सदस्यता लिएर संस्था भित्र आवद्द हुन हार्दिक अपिल गर्दछु। नविकरण गर्न बाँकी सदश्य साथि हरुले आफ्नो सदस्यता आजै नविकरण गर्नु हुन पनि विशेष अनुरोध गर्दछु।

समकालीन साथि हरुलाई NRNA NZ बाट टाढिएर होइन यस भित्र समाहित भइ संस्था लाई नौलो तरिका बाट नेपाल र नेपालीको हक हितमा एक भई संग संगै हाते मालो गर्दै अगाडी बढौं भनि सहकार्यका लागि दुई हात जोडी विशेष अनुरोध गर्दछु।  

नयाँ आउनु भएका साथि हरुको हकमा यहाँ हरुको चुनैती र अवसर हरु पहिचान गरि यहाँ हरुको न्यु जील्याण्डको पढाई र  बसाई लाई कसरी अझ सहज गर्न सकिन्छ, के सहयोग गर्न सकिन्छ र यहाँ हरुले दिनानुदिन झेल्नु पर्ने समस्याहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ त्यस बारे मेरो उम्मेदवारी सफल भएको पहिलो दिनमै राहतका पहल हरु प्रस्तुत गर्ने छु।  

NRNA  NZ र NRNA  ICC (एन आर एन को विश्व ब्यापी संघ) को विधान र NRN Movement को मर्म अनुरुप  न्यु जील्याण्ड मा बस्ने नेपाली तथा नेपाल र नेपालीको हक हितमा काम गर्ने हेतु का साथ आएको मेरो उम्मेदवारी लाई सफल पारी दुई वर्ष NRNA NZ को  नेतृत्व गर्ने सुअवसर दिनु हुन फेरी एक पल्ट अग्रज, समकालीन मित्रहरु र नयाँ आउनु भएका साथीहरु लाई विनम्र हार्दिक अहुरोध गर्दछु।

आउनु होस् हामी सबै मिली प्रवासमा बसी न्यु जील्याण्ड लाई नेपाल पछिको दोश्रो घर सम्झेका न्यु जील्याण्ड निवासी सबै नेपाली समुदायको प्रतिनिधित्व गर्ने हकमा एक नयाँ आशा को उजागर गरौं

यहाँको समर्थनका लागी हार्दिक धन्यवाद।

राज महर्जन
अकल्याण्ड, न्यु जील्याण्ड

- BScAg, TU, Nepal; MSc, Copenhagen, Denmark; MPlanPrac, Auckland, New Zealand
https://www.linkedin.com/in/raj-maharjan-696769b5/
- General member of the NRNA NZ since 17 August 2009
- Past President of the New Zealand Nepalese Association 2015-2017
- Founder President of the Help Nepal Network New Zealand (HeNN NZ) 2016 and current advisor to the executive committee of HeNN NZ

No comments:

Post a Comment