Thursday 6 July 2017

Road Man (RM) 1 - NZ मा भरखरै र नयाँ आउनु भएका साथि हरु लाई मेरो सन्देश:

(Published in the context of my candidacy for seeking the office of NRNA NZ 2017-19)

मेरो उम्मेदवारी घोषणाको १ जुलाईको पोस्टमा उल्लेख गरेको थिएँ - "नयाँ आउनु भएका साथि हरुको हकमा यहाँ हरुको चुनैती र अवसर हरु पहिचान गरि यहाँ हरुको न्यु जील्याण्डको पढाई र बसाई लाई कसरी अझ सहज गर्न सकिन्छ, के सहयोग गर्न सकिन्छ र यहाँ हरुले दिनानुदिन झेल्नु पर्ने समस्याहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ त्यस बारे मेरो उम्मेदवारी सफल भएको पहिलो दिनमै राहतका पहल हरु प्रस्तुत गर्ने छु।"
माथिको पहल लाई कार्यन्वयन गर्न आवश्यक रोड म्यापमा रहेको एउटा कदम हुने छ "विद्यार्थी कल्याण कोष"।
"विद्यार्थी कल्याण कोष" समग्रमा नयाँ आउनु भएका साथीहरुको मुद्दाहरु सम्बोधन गर्ने अवधारणा मध्ये एक कदम मात्र हो भन्ने मेरो बुझाई हो। "विद्यार्थी कल्याण कोष" बाहेक अरु गर्न सकिने राहतका उपायहरु नयाँ आउनु भएका साथीहरुको सर सल्लाह बमोजिम श-शक्त रुपले अघि बढाउन एक कमिटी (जसमा प्रमुख र नेतृत्व दाई भूमिका नयाँ साथीहरुको हुने छ) गठन गरि अनुसन्धान (research), योजना (planning) र कार्यान्वयन (implementation) को पहल गर्ने छु ।आर्थिक सहयोग बाहेक थुप्रै अरु पहल गर्न सकिन्छ भन्ने कुराको अनुभव मैले २०१५ को भुकम्प पछि NZ को स्थानीय निकाय र केन्द्रिय सरकार (Ministry of Education, Immigration NZ, Human Rights Commission, Council, NZ Police, MPs, Political parties) का प्रतिनिधि हरु संग काम गर्दा बुझी सकेको छु।
"विद्यार्थी कल्याण कोष" को कन्सेप्ट मैले २०१५ को भुकम्प पछि अक्ल्यांड को अल्बर्ट पार्क मा बोलाइएको एक भेलामा प्रस्ताव गरेको थिएँ, जुन विभिन्न कारणले अगाडि बढ्न सकेन । त्यसको प्रमुख दोषी म पनि हुँ यो मानेमा कि "विद्यार्थी कल्याण कोष" को अवधारणा लाई अघि सार्न मैले थप उर्जा र प्रयाश खासै गर्ने समय निकाल्न सकिन।
२०१५ मै लगभग ४०,००० NZD (भारतीय तथा चिनिया कम्युनिटी द्वारा सहयोग गरिएको) रकम भुकम्पले प्रत्यक्ष असर गरेका विद्यार्थी साथी हरुको फिस तिर्नको लागी प्रदान गरिएको कुरा शायद धेरै लाई सम्झना होला। भारतीय तथा चिनिया कम्युनिटी का प्रतिनिधिले उक्त रकम वितरणको सम्पूर्ण संयोजनको भुमिका (निर्णय होइन, कसलाई कति दिने कुराको निर्णय criteria को आधारमा भारतीय तथा चिनिया कम्युनिटी का प्रतिनिधिले गरेका हुन्) मलाई भारतीय तथा चिनिया कम्युनिटी का प्रतिनिधिले सुम्पेका थिए।
आउनुहोस मिलेर "विद्यार्थी कल्याण कोष"को अवधारणा मा काम गर्दै नयाँ आउनु भएका साथीहरुको मुद्दाहरु सम्बोधन गर्ने कार्यको थालनी गरौँ। धन्यवाद।

No comments:

Post a Comment