Tuesday, 22 August 2017

सहि र गलत बारे निर्धक्क बोलौं

सहि र गलत बारे निर्धक्क बोलौं

Let us SPEAK UP ... 


जो जस संग सम्बन्धित छ, कृपया सत्य तथ्य प्रकाश पारि दिनु हुन विनम्र हार्दिक अनुरोध ...

न्यु जिल्याण्ड को नेपाली समाजमा एउटा सम्बोधन गर्नै पर्ने मुद्दा छ - सहि लाइ सहि र गलत लाई गलत भनेर खुलस्त रुपमा प्रस्तुत नहुने र हुन नरुचाउने बानी। हामीले यो मुद्दा सम्बोधन नगरे सम्म, तै चुप मै चुपको अवस्थामा हाम्रो समाज स्वस्थ रुपले अगाडी बढ्न सक्दैन।

यस्ता बोल्नै पर्ने र सम्बोधन गर्ने पर्ने निक्कै गम्भीर मुद्दा हरु छन्। हाल लाई भरखरै सम्पन्न NRNA NZ को चुनावका क्रममा उठाइएका केहि मुद्दा हरुलाई एक पल्ट हेरौं।

अगाडी लेख्नु अघि यस लेख सम्बन्धि केहि बुँदा हरु प्रस्ट पार्न चाहन्छु:
१. व्यक्तिगत रुपमा नभई केहि सिमित व्यक्तिहरुले लगाउनु भएको लान्छना, उठाउनु भएको मुद्दाहरु र वहाँ हरुको विचार माथि प्रश्न गरिएको हो।
२. चुनाव सकिएपछि किन यो कुरा? चुनावमा हाम्रो नकारात्मक प्रचार प्रसार नगर्ने प्रतिवद्दता थियो। जसको मर्म अनुसार हामीले अरुको कमजोरीका कुरा नभई आफ्ना मुद्दा हरुको बलमा प्रचार प्रसार लाई निरन्तरता दियौं र अन्तिम समय सम्म आफ्नै मुद्दाहरुको बारे मात्रै चर्चा गर्यौं। चुनाव को माहोल नबिग्रियोस् भनि हामीले हाम्रो बिरुद्द गरिएका झुठो प्रचार प्रसार को आगोमा घिउ नथप्ने निर्णय गर्यौं।
३. अब यो कुरा किन त? सहि र गलत को फरक सबैले थाहा पाउन्। मौनता लाई स्वीकारोक्ति नठानियोस्।
४. झुठो आरोप लागाउने साथीहरुले यो बुझ्न जरुरी छ कि, प्रमाणित गर्न नसक्ने आरोपका विरुद्द न्यू जिल्याण्डको कानुन अनुरुप मान हानिको र अरु गम्भीर मुद्दाहरु पनि पर्न सक्छ। भलै हाल लाई तेता तिर जाने हाम्रो सोच छैन तर त्यो उपचार उपलब्ध चाहिं छ आवश्यक परेको खण्डमा।

चुनावका क्रममा केहि साथी हरुले मलाई व्यक्तिगत रुपमा केहि लान्छना लगाउनु भयो। ति मध्ये दुई विषय प्रति मेरो घोर विमति छ। ति दुवै लान्छना सरासर गलत हुन्।

क. संस्था फुटाएको भन्ने अत्तिनै अप्पतिजनक र सरासर गलत लान्छना:
यस बुँदा को सम्बन्धमा यत्ति भन्न चाहन्छु कि सन् २००० तिरको यो कुरा आज २०१७ मा त्यो पनि चुनावको बेला उठाइनु ले नै यो मुद्दाको औचित्य र यसलाई उठाउनुको उदेश्य बारे धेरै कुरा छर्लंग गर्छ। म न्यु जिल्याण्ड आएको सेप्टेम्बर २००५ मा हो, जुन बेला सम्ममा विधान ड्राफ्ट गर्ने लगायतका न्यु जी ल्याण्ड नेपलिज असोसिएसन (NZNA) बन्ने आधिकारिक प्रक्रिया निक्कै अगाडि बढि सकेको थियो। NZNA बन्ने माहोल भने २००५ अगाडी नै तयार भएको हो। २००५ सम्ममा न्यु जिल्याण्डमा आई सक्नु भएका साथी हरुले तेस ताकाको तथ्य पुस्टि गर्न सक्नु हुन्छ। संस्था हरुको निर्णय संस्थागत र सामुहिक हुन्छ, व्यक्तिगत होइन। म न्यु जिल्याण्ड आउनु अगाडी नै सम्पन्न भई सकेका र म संलग्न नै नभएको प्रक्रियाको दोष मलाई लगाउने जस्तो सरासर झुठो कुरा गर्ने साथी हरुलाई यहाँहरुले एक पल्ट प्रश्न गर्नु होला, शायद जवाफ वहाँ हरु संगै हुनु पर्छ।

ख. २०१५ को भुकम्पमा विद्यार्थीहरुलाई स्कुल फिस तिर्न सहयोग गरिएको रकम नेपाल पठाउन उठाइएको थियो भन्ने अत्तिनै गम्भीर र गलत लान्छना:
यस्तो पवित्र कामको पनि बादनामी गर्न खोजेको सुन्दा पहिला त मालाई विश्वास नै लागेन। भारतिय र चिनिया मन्दिर र संस्थाहरुले भुकम्प बाट प्रतक्ष्य प्रभावित विद्यार्थी हरुलाई स्कुल फिस तिर्न सहयोग गर्ने वहाँ हरुको पवित्र मनसाय अनुसार उक्त सहयोग नेपाली विद्यार्थी भाई बहिनिहरु सम्म पुगोस् भनि भारतिय र चिनिया मन्दिर र संस्थाहरुको विशेष अनुरोधमा मैले विद्यार्थी, स्कुलहरु र दाता हरु विच समन्वय (co-ordinate) गरेको हो। रकम के कति कसलाई दिने भन्ने निर्णय प्रक्रियाका आधारमा रकम दिने दाता मन्दिर र संस्थाको रहोबरमा भएको हो। म निर्णय गर्ने टिममा थिइन। जम्मा करिब ४०,००० डलर एक जना लाई १,००० देखि ३,००० सम्म समस्याको मारको आधारमा लगभग ३ महिना लामो प्रक्रिया पछि वितरण भएको हो। यो प्रक्रिया मा निर्णयमा पुग्न अगाडी विधार्थी हरुबाट वहाँ हरुलाई परेको असर बारे, स्कुलका प्रतिनिधि हरु संग विद्यार्थी हरु बारे र नेपाल सम्पर्क गरि भुकम्पको असर बारे जानकारी संकलन गरिएको थियो। लाभान्वित विद्यार्थी हरुको गोपनियताको लागी वहाँहरुको नाम खुलाउन नमिले पनि यस विषय मा २०१५ ताका यहाँ हुनु भएका विद्यार्थी भाई बहिनिहरुलाई सोध्नु भए प्रस्ट हुन्छ। चाहिएमा र चासो भए सहयोगी भारतिय र चिनिया मन्दिर र संस्थाहरुका प्रतिनिधि हरुलाई सम्पर्क गरि सोध्न सक्नु हुन्छ। त्यो ४०,००० रकम नेपाली हरुले उठाएको होइन। त्यो रकम भारतिय र चिनिया मन्दिर र संस्थाहरुले भुकम्प बाट प्रतक्ष्य प्रभावित नेपाली विद्यार्थी हरुलाई स्कुल फिस तिर्न सहयोग गर्ने भनेर भारतिय र चिनिया मन्दिर र संस्थाहरुले वहाँ हरु बीच नै उठाउनु भएको हो र त्यहि कामको लागि उपयोग पनि गर्नु भयो ।


अन्तमा कोठाको सेतो हात्ती नदेखे झैँ गर्नु गलत हो। मेरो अनुरोध यहाँ हरुलाई - आफु साक्षी भएको मुद्दा हरुमा सहि र गलत बारे प्रस्ट र आवश्यकता अनुरुप पब्लिकमै निर्धक्क बोलि दिनु होला ता कि गलत प्रविर्ति हरुबाट नेपाली समाज ले आउने दिन हरुमा ग्रसित हुन नपरोस्। धन्यवाद।

*****

Thursday, 10 August 2017

NRNA NZ मा राज महर्जन को नेतृत्व किन?

NRNA NZ मा राज महर्जन को नेतृत्व किन?
१. न्यु जिल्याण्डमा प्रवासी नेपाली हरुको प्रतिनिधित्व गर्न सक्ने खुवी, क्षमता र अनुभवका लागी:
१.१. न्यु जिल्याण्ड मा बसोबास गर्ने सबै नेपालीहरु को हक हित को मुद्दा सहि रुपले पहिचान गर्ने (issues identification) खुवी, क्षमता र अनुभवका लागी।
(सबै नेपालीहरु भन्नाले ग्रामिण क्षेत्रहरु (rural areas and farms) देखी शहर (cities and major centres) मा बसोबास गर्नु हुने विधार्थी साथी हरु, जब विसा मा हुनु भएका, पी. आर. लिनु भएका र किवी नागरिकता ग्रहण गर्नु भएका सबै जात जाति र पेशा गर्ने Kaitaia देखि Invercargill - Northland देखि Wellington र Gisborne देखि New Plymouth; Nelson देखि Southland र Greymouth देखि Akaroa - सम्म छरिएर रहनु भएका सबै नेपाली दिदी बहिनी दाजु भाई समेट्ने भन्ने बुझाई हो)
१ .२. पहिचान गरिएका मुद्दा हरुको सहि लेखा जोखा (policy analysis) गर्न सक्ने खुवी, क्षमता र अनुभवका लागी ।
(राज महर्जन पेशा ले नीति विश्लेषक (policy analyst) हुन् र उनि संग १० वर्ष न्यु जिल्याण्डमा नीति निर्माण (policy formation) र कार्यान्वयन (implementation) का लागी काम गरेको अनुभव छ)
१.२. नीति निर्माता (policy makers) हरु समक्ष सहि तरिका र सहि बाटो (appropriate way and right channel) बाट न्यु जिल्याण्डमा प्रवासी नेपाली हरुको अवाज न्यु जिल्याण्डको केन्द्रिय तथा स्थानीय निकाय (central government, line agencies and local authorities) समक्ष राख्न सक्ने आत्म विश्वाश, खुवी, क्षमता र अनुभवका लागी।
(राज महर्जन संग विगतमा, विशेष गरी सन् २०१५ को भुकम्प लगत्तै, न्यु जिल्याण्डको केन्द्रिय तथा स्थानीय निकाय संग समन्वय गरी न्यु जिल्याण्डका प्रवासी नेपालीहरुको हक हितमा काम गरी सकेको अनुभव छ)
क्रमश:...

Friday, 4 August 2017

न्यु जील्याण्ड मा सामाजिक कार्यको अनुभव

न्यु जील्याण्ड मा सामाजिक कार्यको अनुभव:

Raj Maharjan, Auckland, New Zealand (in NZ since September 2005)

- General member of the NRNA NZ since 17 August 2009


- New Zealand Nepalese Association (NZNA)


  • Past President 2015-2017
  • Various roles including Vice President and Secretary since the inception of NZNA in 2005 to 2015.

- Help Nepal Network New Zealand (HeNN NZ) 

  • Founder President of the ad-hoc committee formed to register NZ chapter of HeNN NZ in 2016
  • Coordinator 2011-15
  • Advisor to the executive committee of HeNN NZ since 2016 until now

Thursday, 3 August 2017

ANNOUNCEMENT OF HOLDING THE FIRST NATIONAL CONVENTION OF NRNA NZ 2018

ANNOUNCEMENT OF HOLDING THE FIRST NATIONAL CONVENTION OF NRNA NZ 2018

Ashburton, 2 August 2017, around 5PM. For the first time in my campaign trail, I saw someone's eyes filled with tears because of me. Because of my writing, to be precise. Yes, you guys are right - I should be careful what I write.

It was a kick in the guts. NEPAL (psuedo name) ji picked up no.3 in my one page road map titled, "गैरआवासीय नेपाली संघ न्यु जील्याण्ड लाई न्यु जील्याण्ड मा प्रवासमा रहनु भएका सबै नेपालीको साझा संस्था बनाउने अभियानको लक्षमा पुर्याउने १० खुड्किला"  http://rajmaharjan1.blogspot.co.nz/2017/07/blog-post.html. NEPAL ji repeatedly (at least three times) said that they liked point no. 3 in the road map. Comes out no. 3 happened to align with the frequency of what NEPAL ji was going through in life as an immigrant in NZ. 
(See screen shot of no.3 with this post. I have not disclosed the real name to protect NEPAL ji's identity. I will reveal the identity only after their kind permission, if they agree to do so)


In response to NEPAL ji's request to elaborate no.3, I said that I was a student and a new migrant myself a few years ago, and I knew what it meant to be in their shoes. I also made it clear that the subject matter is something very close to my heart and I genuinely want to do something to help the students and the new comers.

I pretended I did not see NEPAL ji's eyes filled with tears. I almost lost it there and then. Almost. It was so so close. Realised for the first time that I have now lost my liberty to be "soft". I had no other choice than to pretend that I did not see NEPAL ji's eyes filled with tears. We delved into other topics and the ambience gradually became less intense. 

This seemingly benign incident rattled me. It hit me hard and brought home the gravity of the journey I have embarked upon. The sense of responsibility and the weight of need to deliver almost crushed me there and then. 

For me, since 5PM yesterday, the campaign entered into whole another level. To justify the gravity of the situation we have in our hands, I declare here and now that, if the campaign of "The Change Agenda" is successful, we will hold THE FIRST NATIONAL CONVENTION OF NRNA NZ 2018. Wait for this - it will be held in a beautiful location somewhere in the South Island. Details of the nuts and bolts of this FIRST CONVENTION will be worked out in consultation with the members of the NRNA NZ members and the wider Nepali community in NZ. For now, seven hints of the FIRST CONVENTION below, subject to improvements:

1. This will indeed be the FIRST convention 
(FYI, 7th national convention of NRNA Australia took place in Brisbane on 22 July 2017; the institutional knowledge of organising such convention lies across the Tasman where I personally happen to have excellent allies).

2. There would be representation of NRNA NZ members from all over NZ to discuss our local issues and to find local solutions to our domestic issues. 

3. Our global network colleagues from the ICC will be invited for their global perspective and international flavour.

4. A closed session (most probably the 22 NCC members) will devise NRNA NZ's short, medium and long term strategies based on our strength, weakness, opportunities and threat (SWOT). This will be facilitated by a management expert.

5. We will hold function(s) to celebrate success of our community members of all age and background so that others could be motivated.

6. We will invite dignitaries from NZ authorities to showcase that we are capable of holding top class quality function(s)/event(s). We will send a loud and clear message that Nepali community in NZ is now a large community that shall be considered with appropriate respect and recognition.

7. There would indeed be quality time with friends and family, including our own local food and entertainment.

There was another matter raised by a good friend (again, I will reveal identity only on their permission) of mine at the Riccarton School hall on 1 August about lack of institutionalisation of the knowledge in NRNA NZ.

It is my strong belief and gut feeling that we would have taken a step in the right direction if we listened to each other in the FIRST CONVENTION and took appropriate actions to deliver on the outcomes and directions from our discussion.
----------------------------------------------------------------

Acknowledgements:

(Special thanks to the following generous souls who took care of the essential things of my stay in the Garden City between 31 July to 2 August:

- Everyone who took their time to meet with us despite your busy schedule. Without your willingness to talk to us, this visit would not have made sense.

- Ashok Kumar Shrestha and Sirjana Shrestha for hosting me. Sirjana bhauju, I am always impressed with your "impulsive" guest reception skills :)

- Rajesh Dhakal and Shalu Dhakal for hosting me. Rajesh dai, your intellectuality is something I will always aspire to achieve in life. Shalu bhauju your "presence" is so powerful; you don't have to say much. I hope you two are having good time in the warmer weather in Europe.

- Jitendra Bothara and Roshit Bothara for the breakfast and a cracker intellectual conversation early in the morning on 2 August. I am flabbergastedly impressed with the good work you continue to do. We shall explore more...

- Amit Bhandari for everything and literally being my shadow throughout my stay. Shristy Sapkota Bhandari, thanks for bringing back my childhood memories with the dinner in kaas to thaal

- Deepak Pandey, Bishal Sapkota - thanks for adding some joy through your "boy racing" skills. Drive Safe is all I want to say. I am impressed with your energy and network. Super top class leadership quality you have.

- Pradip Rupakheti - the tall and handsome man with long moustache. I'd love to uncover more about the layers of your mystery. Until we meet again next time...

- Suman Poudel - for organising the Ashburton meeting in such a short notice.

- Shanta Gyaba Lama and ThreeAngelsmum Lama for hosting our Ashburton meeting. Bhauju the "lamb" pies were awesome :). Thank you Dipendra ji, Parajuli ji and Gyan ji for taking time to meet us in Ashburton.

Any omissions are my error in judgement.)