काठमाडौँ डायरी - भाग ५: काठमाडौँका १० पोजिटिभ कुरा
२. बाटो, सर-सफाई र धुलो - यि तिन भाई भारदार अझै झनै राम्रा चिटिक्क हुन सक्छन् तर हालको अवस्था ५ वर्ष अघिको भन्दा निक्कै सुध्रिएको हो ।
३. बिजुली - अक्कल झुक्कल आँखा झिम्काई बाहेक बत्तिको नो समस्या । लोड सेडिङ्गको स्कुलको कक्षाको जस्तो रुटिन याद छ नि ?
४. इलेक्ट्रोनिक बैङ्किङ्ग - ATM यत्र तत्र सर्वत्र, कार्ड QR Code को ब्यापक प्रयोग, बैंक Apps ले कारोबार र लेनदेन निक्कै सहज बनेको छ ।
५. पठाओ र इन् ड्राइभ - ट्याक्सीमा बार्गेनिंग गर्न पर्दैन । यि दुई 'उबर' ले आवत जावत धेरै सहज गरेको छ ।
६. गुणस्तरीय सामान - पैसा छ भने के सामान कस्तो चाहियो ? नो प्रोब्लम ।
७. ट्राफिक - चार पांग्रे गाडीहरु लेनमा बस्छन् । दुई पांग्रे र माइक्रो लाई हेरेर सबै चालकको मुल्यांकन गर्नु सहि नहोला ।
८. इलेक्ट्रिक गाडी - बढ्दो संख्यामा प्राइभेट सवारी इलेक्ट्रिक हुनुले तेल खपतमा पर निर्भरताको अवस्थालाई केहि भए पनि राहत देला कि ?
९. गरि खाने लाई दशैं - 'एता पैसा हावामा छ, टिप्न मात्र जान्न पर्छ', मेरा एक मित्र भन्नु हुन्छ । सहि हो ।
१०. आशा - बालेन र रबिले देखाएको 'light at the end of the tunnel' को बदला दुबैलाई जनताले शंकाको लाभ दिएको अवस्था ।
काठमाडौँ डायरी - भाग ४
काठमाडौँ सुन्दर छ । यहाँको मौसम गज्जब छ । संस्कृति लाजवाब ।
काठमाडौँ बासि मेहनती छन् र सहनशिल चाहिने भन्दा अलि बढी नै ।
हाल मेरो हैसियत पलायनवादी । टुरिस्ट ।
एत्ति भूमिका बाँधे पछि काठमाडौँको बारे अहिले यहाँ हुँदा देखे सुनेका केहि बात, केहि गफ गर्न मन लग्यो ।
अर्बन प्लानर आफ्नो पेशा भएको नाताले अलि भिन्न नजरले देख्छु हेर्छु होला शायद ।
लामो लिस्ट ड्राफ्ट गरेको छु । जाँगर चलेछ भने फाईनल गरौंला । हाल लाई केहि छोटा मसिना कुरा ।
पर-जा-तन्त्र पछिका पहिला काठमाडौँका मेयर पि एल सिंह स्वछ सफा हराभरा काठमाडौँ clean, green and healthy Kathmandu भन्नु हुन्थ्यो । डेलिभरी उस्तै उस्तै हो, तर नारा राम्रो हो ।
उज्वल थापा सुन्दरमान्डू बनाउन पर्छ भन्नु हुन्थ्यो ।
आज काठमाडौँ न त स्वछ सफा हराभरा छ, न त सुन्दरमान्डूको बाटो तिर लाग्दै छ ।
बेलगाम दौडेको खच्चर झैँ यो कुनै योजना बिनाको sprawling कंक्रिट जंगल हो ।
२०४० तिर यहाँका घरहरुलाई कसैले ‘बिहारी बक्स’ को नामले नुहारण गरि दिएका थिए । आज ति बाकसहरु अलि ठूला र भित्र सुन्दर छन् । बेस्ट प्राक्टिस मापदण्डले नाप्ने हो भने यो सहर पुरै एक slum हो । आई एम सरि तर यो सत्य हो ।
अन्त्यमा एउटा सानो उदाहरण द्वारा यहाँ जे हुंदै छ त्यसको बिम्ब प्रस्तुत गर्न चाहें । अस्त व्यस्त ध्वस्त सहरमा जताततै फोहोर (littering) - चुरोटका ठुटा देखि कण्डम सम्म, चक्लेटका बोक्रा देखि खोक्रा खोया सम्म । कसैले उठाउदैनन् । आफ्नै घर आँगनको पनि जहाँ को त्यहिँ ।
अनि आम मनोवृत्ति (attitude) भने एस्तो - सफा गर्ने काम र जिम्मेवारी त बालेन, प्रचण्ड र राम साह हरुको पो त । फोहोर गर्न पाउने त जनताको मौलिक अधिकार जस्तो लाग्ने ।
र जनता भन्छन् - 'सरकारले केहि गर्दैन' । निरन्तर ... अनन्त निरन्तर ...
काठमाडौँ डायरी - भाग ३
लगभग ६६५ बर्ग किलोमिटर क्षेत्रफल भएको काठमाडौँ उपत्याकाको वस्ती अब उपत्यकाको भूगोलको सिमाना कोर्ने अग्ला र ठाडा पहाड उक्लिन थालेको छ ।
समय संगै ठूलो हुँदै जानु सहरको स्वाभाविक विकाश क्रम हो । विगत ३० वर्षमा काठमाडौँको जनसंख्या र आकार जति बढेको थियो, अबको ३० वर्षमा महानगर त्यो भन्दा अझै झनै ठूलो हुने गरि बढ्ने वाला छ । राजधानी नै अन्त सारे पनि काठमाडौँको आकार र जनसंख्या दुबैमा तिब्र गतिले वृद्धि हुने वाला छ ।
ठुलो हुँदै नै जाने हो भने उसो भए आजको ३० वर्षमा सहर विस्तारको मामिलामा काठमाडौँ कस्तो होला त ?
उकालो लागेको काठमाडौँको मानव अतिक्रमण छिट्टै शिवपुरी र फुलचोकी को शिखर नाघेर उकाली ओराली गर्दै लाङटाङ, हेटौडा, नैबिसे जस्ता उपत्यका बाहिरका क्षेत्र तिर फैलिन (sprawl) धेरै समय नलाग्ला । यसरी फैलिएको सहरलाई विस्तारीत काठमाडौँ ‘Greater Kathmandu’ भनेर बुझ्दा हुन्छ ।
काठमाडौँ ठूलो हुंदै नै जाने हो, विस्तार क्रम निरन्तर र तिब्र गतिमा जारी हुने नै हो । महानगरको यो स्वाभाविक विकाश क्रम रोक्न खोजेर रोक्न सकिन्न ।
उसो भए के त ?
हामीले गर्न सक्ने व्यवस्थापन मात्रै हो ।
सहर व्यवस्थापनका लागी देश, माटो, हावा, पानी र जनता सुहाउदो दिर्घकालिन भू-उपयोग तथा सहर व्यवस्थापनको सोच र योजनाको अत्यावश्यक छ ।
सोच र योजना आफैमा अमूर्त हुन्छन् । प्रयोगमा ल्याए पछि मात्रै तिनमा ज्यान र आत्मा आउने हो । जब सम्म जनताको दैनिक जिवनमा सकारात्मक परिवर्तन आउदैन सोच र योजना मरेतुल्य, ज्यान र आत्मा विहिन हुन्छ ।
सुन्छु ८ / १० थान दिर्घकालिन मास्टर प्लान महानगरको लाइब्ररिमा थन्कि रहेको दशकौं भो ।
आजको काठमाडौँको अस्त व्यस्तता ३० वर्ष अघि हामीले जे गर्यौं, के गरेनौं र के गर्न चुक्यौं त्यसको नतिजा हो । महानगरको ब्यबस्थापनमा आज हामी फेरी चुक्यौं भने सहर र नगरको वातावरण तथा पर्यावरण (Human, Natural and Urban Environments) मा त्यसको नकारात्मक असर निक्कै गम्भिर हुने वाला छ ।
हामी आज के गर्दै छौं त ? के गर्न ल्याङ्ग ल्याङ्ग गरि रहेछौं । आफ्नै आँखा आगाडी गर्न सक्ने, गर्न पर्ने, रोक्न पर्ने काम कारवाहीका बारे हाम्रो मनोवृत्ति (attitude) के कस्तो छ ? वस्ति विस्तार र विकाशमा आज को हावि छन् ? ढल, बाटो, पार्क, पुस्तकालयको अवस्था के छ ? उठेको करको उपयोगमा कर तिर्ने जनताको कुरा कत्तिको सुनुवाई हुन्छ ? महानगरको प्रशासनले, मेयर Balen र अन्य मेयर साबहरुले, नगरवासी र सरोकार वालाहरुले एक पल्ट सोच विचार गर्नु होला प्लिज
काठमाडौँ डायरी - भाग २
यो भनाइ काठमाडौँका खोलाहरुको हकमा सोर्है आना सहि छ ।
२०४० साल तिर सम्म काठमाडौँका खोलाहरुमा सफा पानी बग्थ्यो । पानी एत्ति सफा थियो कि त्यो सिधै धानबारीमा लगाइन्थ्यो । खोलामा पौडी खेल्थे, माछा मार्थे ।
खोला र तिनका तट वर पर एउटा जिवन्त र अति सुन्दर इकोसिस्टम थियो । जैविक विविधताले भरपुर थियो । The river ecosystem had a rich biodiversity.
काठमाडौँका खोलाहरुको मर्डर त्यो दिन सुरु भयो जुन दिन देखी तिनमा कार्पेट रंगाउने सिन्थेटिक एजो डाई (azo dye) र चर्पीको ढल सिधै मिसाइयो ।
काठमाडौँका खोलाहरु आजका दिनमा खुल्ला ढल हुन् । झाडा बान्ता गराउने र दिसाबाट सर्ने जिवाणु E. coli खोला र तिनका छेउ-छाउ हावामा उड्छन् ।
हरेक पल्ट सास फेर्दा अक्सिजन संग संगै धुलो, धुवाँ र E. coli काठमाडौँका जनताका फोक्सो भित्र छिर्ने गर्छन् ।
फोहोर खोलाका कारण दशकौं देखी काठमाडौँ बासीले आफ्नो स्वास्थ्यमा ठूलो मूल्य चुकाई सके । एत्तिकै छोडे आउने पुस्ता र तिनका सन्तानले आफ्नो जन स्वास्थ्यमा अझै ठूलो मूल्य बेहोर्न पर्ने अवस्था आउने निश्चित छ ।
जथाभावी बालुवा खन्नु, तिनका तटमा फोहोर थुपार्नु, खोलालाई सिमंटीले प्लास्टर गर्नु भनेको मरीसकेको खोला माथिका थप प्रहार हुन् ।
अब के गर्ने त ?
चर्पीको ढल खोलामा मिसाउन रोक्ने । त्यसका लागी छुट्टै ढलको व्यवस्था गर्ने । यो गर्न सकिन्छ । तिनका तरिका र उपाय छन् ।
हो, यो महँगो र गार्हो हुन्छ । सजिलो के छ ? धुलो, धुवाँ र झाडा बान्ताको किटाणु E. coli हरेक पल्ट सास फेर्दा फोक्सोमा छिराउन सजिलो छ ? डुंग डुंगती गन्हाउने खोला सुँघेर बस्न सजिलो छ ?
ढल निकाशको व्यवस्था सहरमा नभई हुदैन । ढलको संरचना (wastewater infrastructure) ढिलो चाँडो बनाउनै पर्छ । अर्को उपायै छैन ।
सहरमा ढलको व्यवस्था नहुनु भनेको हाम्रो शरीरमा सफा र फोहोर रगत एउटै नशामा बग्न दिनु जस्तै हो ।
अब अझै ढल व्यवस्था नगर्नु भनेको जन स्वास्थ्यका हिसाबमा महामारीको टाइम बम माथी बस्नु जस्तै हो । जुन दिन त्यो पड्किन्छ, खेल खलास ।
हाललाई समय अझै हाम्रो पक्षमा छ । केहि गरौँ ।
काठमाडौँ डायरी - भाग १
केहि गर्नु अघि धेरै गर्न छोड्नु पर्ने देखिन्छ । जस्तै: खोलामा सिधै ढल मिसाउन । बाटो खन्दा माटो खुल्ला छोडी धुलो उड्न दिन ।
प्लान्निंग भनेको मेट्रो जस्ता महंगा र महत्वाकान्छी प्रोजेक्ट मात्र होइनन् । साधारण सुनिने काम जस्तै हरेक घरको नम्बर राख्नु पनि अति आवश्यक प्लानिंग हो । कर तिर्ने जनताका कुरा भन्न-सुन्न सहज गर्नु पनि प्लान्निंग हो । कुनैपनि गन्तब्य पुग्न रुख वा बिजुली खम्बाको भर पर्नु परुन्जेल अरु ठूला कुरा अलि समय थाति राख्दा जाति होला।
ठूला र महत्वाकान्छी काम गर्नु हुन्न भन्ने मनासय होइन कि let’s go back to basics first भन्न खोजिएको हो । साना-मसिना कुरा ब्यबस्थापन गरिसके पछि मात्र ठूला कुरा आट्न सुहाउला कि ? ठूलो मेलम्ची प्रोजेक्ट ल्याएर घुँडा सम्म पानी वाल-छ्याल पर्ने सपनाको दुर्गतिबाट धेरै सिक्न सकिन्छ ।
अर्बन प्लान्निंग बारे स्वर्गीय आदरणीय मेरा मित्र उज्वल थापासंग निक्कै छलफल हुने गर्थियो । वहाँसंगको सह कार्यमा लेखिएको यो लेखमा काठमाडौँको अर्बन प्लान्निंग बारेको एउटा खाका पढ्न सक्नु हुन्छ - https://rajmaharjan1.blogspot.com/.../want-to-see...
माथिको लेखको अनौपचारिक नेपाली अनुवाद यहाँ उपलब्ध छ - https://rajmaharjan1.blogspot.com/2020/04/blog-post.html
दिक्क लागेर पोखेका प्लान्निंग सम्बन्धि गनथन एता हेर्न सक्नु हुन्छ - https://rajmaharjan1.blogspot.com/.../what-to-do-about...