सामाजिक (~ voluntary) कार्यमा लाग्नु सत्कर्म हो। यस सत्कर्ममा आवद्द सबै साथी हरुमा स-सम्मान नमन।
सामाजिक कार्यका मामला मा केहि नितान्त व्यक्तिगत विचार (opinion) यहाँ प्रस्तुत गर्न चाहें।
Voluntary शब्दको डिक्सनरी मा अर्थ यस्तो रहेछ:
1. done, given, or acting of one's own free will
2. working, done, or maintained without payment
हाम्रो समाजमा माथिका दुई मध्ये आफूलाई पाएक परे, क्रेडिट लिनु परे अर्थ "1"; गाह्रो साह्रो परे तु अर्थ "2" तेर्साउने प्रविर्ति देखिन्छ।
सामाजिक कार्यमा लाग्दै गर्दा व्यक्तिगत तथा संस्थागत मुद्दाहरु व्यवस्थापन तथा पार लगाउनु पर्ने हुन्छ। यसका लागी समय दिनु, काम फत्ते गर्नु तथा व्यक्तिगत र पेशागत जीवन सन्तुलनमा राख्न निरन्तर धेरैनै मिहेनत र लगावको खाँचो हुने गर्दछ। यि सबै गर्न सक्नु धेरैको बसमा नहुने मात्रै नभई निक्कैले त आट्नै नसक्ने रहेछन् भन्ने तथ्य सत्य हो। यो जो कसैको बसको बात होइन। शायद यिनै कारणले सामाजिक कार्यमा निरन्तर लाग्नेहरुको जमात सानो नै हुने गर्छ र यसमा लागेका हरुको हालत अलि दयनीय नै हुन्छ।
अब अगाडी लेख्नु अघि पाठकहरु माझ एउटा सानो हल्का अनुरोध - कृपया यो लेख पढ्दै गर्दा यहाँ भित्रको अरिंगाल प्रविर्ति प्रस्फुटन हुनै लागेको भए कृपया यस भन्दा अगाडी पढ्ने कस्ट नगर्नु राम्रो होला। अरिंगाल साथी, लौ बाई बाई। सूर्यको प्रकाशमै सप्त रंग मिस्सिएको हुन्छ भने हामी मनुवामा सबल दुर्बल पक्ष हुने नै भयो। कालो सेतो देखि सप्त रंग मिस्सिएर पनि निर्मल र कन्चन रहन सक्ने क्षमता राख्ने प्रकाशहरुलाई हेरेर केहि सिक्न सके लाइफमा केहि होला। होइन भने फूलको आँखामा फुलै संसार ...।
अब अरुको कुरो गर्न र ठेक्का लिन त मिलेन। गर्ने सक्ने भनेको आफ्नै कर्म, अनुभव र सिकाई बुझाईको कुरो हो। बुँदागत रुपमा सामाजिक कार्य संग जोडिएका सात बुंदा तल राख्न चाहें। यसलाई 7 habits of highly effective social workers भनेनी भो।
१. यो दिने थलो हो। लिन आउनु भयो भने निराशा बाहेक केहि पाउनु हुने छैन। निक्कै देखियो, हेरियो। एस्सो घोत्लिएर विचार गर्नुस् त पाँच मिनेट, यो तथ्य यहाँलाई छर्लंग हुने छ।
२. लागे पछि समय दिन सक्नु पर्छ। नत्र नलागेकै राम्रो। ल्याङ्ग ल्याङ्ग गर्नु समयको सत्यानाश भन्दा अरु केहि होइन। समयको बर्बादी महा पाप हो।
३. काम गर्दा गुणस्तरिय नतिजाको लागी भरमग्दुर प्रयाश गरिनु पर्छ। निशुल्क गरेको काम हो भनि लापरवाही गर्नु गैर-जिम्मेवारीपन हो। Voluntary शब्दको अर्थ "1" मा फोकस गरे भिजन क्लियर होला कि?
४. झिना मसिना (minor issues) बात हरु पन्छाउदै समग्रमा (big picture) हेर्न प्रयाश गरिनु उचित होला। यति भन्दै गर्दा यो पनि ख्याल राखौं कि - devil is in the details. झिना मसिना बात "minor" होलान तर unimportant चाहिं होइनन्। हवाई जहाजको पनि सानो भन्दा सानो पाट पुर्जा पनि उत्तिकै महत्वपूर्ण हुन्छ। तर हामीले पाट पुर्जा केलाउदै बस्नी होइन। हवाई जहाज उडाउने हो।
५. इत्तर र उत्तर (us and them) का बतासे बात होइनन् प्रक्रियागत तथा नियम कानूनका हिसाबमा चले आफ्नो, सहकर्मीहरुको र समग्रमा समाजकै लागी स्वस्थकर होला।
६. असहज र प्रतिकूल परिस्थितिका वावजुद पनि निर्णय गर्ने क्षमता हुनु र समाधानको बाटो खोजि सबैलाई साथमा लिएर अगाडी बढ्न सक्नु नेतृत्व गर्न चाहने हरुमा हुनु पर्ने एक प्रमुख गुण हो। वा सो क्षमता विकाश गर्ने खुल्ला सोच राख्नु पर्ला। सानो भन्दा सानो निर्णयमा पनि ल्याङ्ग ल्याङ्ग गर्न थालेसी के होला र, दिमाग खराब बाहेक?
लिन सबले सक्छन, दिन सक्नु गाह्रो काम हो। दिन सक्नु पो महान हो त। यो लिने दिने कुरो गर्दा, दिन सकिने वा योगदान गर्न पाईने पैसो मात्र होइन भन्नि बुझ्न अत्यन्त जरुरी छ। नगद दिनु दान गर्ने धेरै मध्येको एक उपाय हो। तर नगद दिएर मात्रै पुग्ने, ठूलो हुने र राम्रो हुने भन्नि जस्तो सोचाई चाहिं सामाजिक कार्यको अलि साँघुरो बुझाई हुन्छ होला। नगद दिन सकिने मध्ये अलि सजिलो तरिका हो। लिन दिन गाह्रो र अप्ठ्यारो हुने जिनिस विचार हो। पैसो दिए पछि दिने सापेक्षिक रुपमा गरिब र लिने सापेक्षिक रुपमा धनि हुन्छ। यस अर्थमा पैसोको लेनदेनको प्रविर्ति गणितीय हुन्छ। उता विचार भने लेन देन पछि पनि दिने पनि धनि, अनि लिने पनि सम्पन्न हुन्छ। माया पिरेम जस्तै।
अन्तमा, सामाजिक कर्ममा आउदै गर्दा समग्र समाजको सोच (collective thinking) को अवधारणा अघि राखेमा समाज सेवी र समाज दुवै स्वस्थ हुन्थिए कि? सच्चा समाज सेवी सबैमा फेरि एक पटक हार्दिक नमन।
*******
No comments:
Post a Comment